Logo
Logo

बेपत्ता भएको ६ दिन बितिसक्दा पनि भेटिएनन् कुवँर


5.8k
Shares

काठमाडौं । अछाम, साँफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका ५५ वर्षीय जगतबहादुर कुवँर अझै फेला परेका छैनन् । उनका परिवारका अनुसार उनी असार १७ गतेदेखि बेपत्ता भएका छन् ।

जगतबहादुर कुवँर

असार १७ गते बिहान डेराबाट ‘मर्निङवाक’का लागि निस्किएका कुँवरबारे अहिलेसम्म पत्ता नलागेको उनका भतिज देवबहादुर कुँवरले जानकारी दिए । उनले अहिलेसम्म कुनै जानकारी नभएको बताए ।

‘काका हराउनु भएको आज ६ दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन’ उनका भतिज देबबहादुरले भने ।

कुँवर हराएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवदेन दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । उनले कुँवरको खोजी जारी रहेको बताउँदै भने, ‘कुवँरलाई खोजी गर्न विभिन्न युनिटमार्फत प्रयास भइरहेका छ । तर, अहिलेसम्म फेला पर्न सकेको छैन ।’

उनका परिवारले कतै फेला परेमा खबर गर्न अनुरोध गरेको छ । उनका भतिजलेअनुरोध गर्दै भनेका छन्, ‘अन्तिम पटक गोरखाको कुरिनटाट मनोकामना क्षेत्रमा लोकेशन देखिएको हुँदा कसैले देख्नुभएमा वा फेला पार्नुभएका यो नम्बर 9858055330/9841513573 वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु होला ।’

प्रतिक्रिया दिनुहोस्