Logo
Logo

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता


189
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच आज भेटवार्ता भएको छ ।

The current image has no alternative text. The file name is: ramesh-lekhak.gif

परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री लेखकसित स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । 

भेटमा गृहमन्त्री लेखकले दुई देशबीचको मित्रवत् सम्बन्ध, नेपालको विकास निर्माण र शान्ति प्रक्रियामा स्वीटजरल्याण्डको सहयोगको प्रशंसा गरेको उनले बताए । ‘भेटमा दुई देशको विकास, आर्थिक मुद्दाहरूमा साझेदारी गर्ने लगायतका विषयमा कुराकानी भएको छ ।’ प्रवक्ता तिवारीले भने, ‘जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनमा साझेदारी गर्नेलगायत भएको छ ।’ भेटका क्रममा अन्य दुई पक्षीय चासोका विषयमा छलफल भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्