कैलाली । गोदावरी नगरपालिका–४ मा रहेको गोदावरी खोलामा फसेका ६ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएकाहरूमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ र १० का ६५ वर्षीया कल्लु सार्की, ६५ वर्षीया बिना सार्की, १२ वर्षीय योगेश सार्की, २५ वर्षीय दीपक सार्की, तथा बेदकोट नगरपालिकाका ३५ वर्षीय बीर सार्की र २२ वर्षीय अर्जुन सार्की छन् ।

उनीहरू खोलामा श्राद्ध गर्न गएका बेला पानीको बहाव बढेपछि फसेका थिए। सशस्त्र प्रहरी बल, नेपाल नं.७ बाहिनी मुख्यालय अत्तरिया, नं. ३४ गण र नं. ४३ रिजर्भ गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकायको सहयोगमा उनीहरूको उद्धार गरेको हो।














