रुपन्देही । रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत हेमराज घर्तीमगरसहित ७ जना तीन दिनसम्म सम्पर्कबिहीन भएका छन् । बुधबार साँझ पालिकाले सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरु सम्पर्कमा नरहेको जानकारी दिएको हो ।

गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले २३ गते कार्यकक्षमै भेटेर बिदा भएका प्रमुख कार्यकारी अधिकृतसहित ७ जना बुधबार साँझसम्म सम्पर्कमा नरहेकाले सूचनामा जनाइएको छ । प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएर जारी गरिएको सूचनामा भनिएको उनीहरु सातैजना तीन दिनदेखि सम्पर्कमा नरहेकोको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपाल टेलिकमको नेटवर्कमा समस्या भई बेलुकी ७—८ बजे आसपासदेखि बिहान ८ बजेसम्म काम नगर्ने भएकाले मिति २०८२ असार २३ गतेका दिन राति करिब ९ बजे यस कार्यालयका प्रमुख कार्यकारी अधिकृतले मिति २०८२ असार २४ गतेका दिन कार्यालयको भुक्तानी गर्न ओटिपी कोर्डका लागि रुकुम पूर्व कामकाज गर्न जाने भनि कार्यालयबाट निस्केको र हाल प्रमुख प्रशासकीय अधिकृतलगायत आर्थिक प्रशास सवइन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहानैदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको, खोजि कार्य गर्दा कतै नभेटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्य हुँदा यथाशीघ्र सम्पर्कमा आइदिनुहुन एवं जानकारी पाउनुहुने महानुभावहरुले यस पालिकामा जानकारी गरिदिनुहुन अनुरोध छ ।’
सम्पर्कबिहीन कर्मचारीहरुमा हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत, हरिश माझी, सहायक प्रशासन पाँचौं, यज्ञप्रसाद कंडेल, सहलेखापाल, चन्द्रप्रकाश ओली सवइन्जिनियर, निशा आचार्य सवइन्जिनिवर, शिवकुमार वली, खापासटे, प्रदिप केसी सवारी चालक रहेको जारी विज्ञप्तीमा जनाइएको छ ।















