Logo
Logo

पौडी सिक्न गएका बालक पोखरीमै बिलाए


504
Shares

पर्सा । पौडी सिक्न गएका वीरगञ्जका एक बालकको डुबेर मृत्यु भएको छ । एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको डुबेर मृत्यु भएको हो ।

होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । तर, बुधबार बेलुका बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्