Logo
Logo

‘दमक भ्यू टावर’ निर्माणमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप


945
Shares

काठमाडौं । झापाको दमकमा अवस्थित १८ तले ‘भ्यू टावर’ निर्माणमा सङ्गठित भ्रष्टाचार भएको आरोप लागेपछि विवाद चर्किएको छ । स्थानीय पत्रकार अबिन मेयाङ्ग्वोले बुधवार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको भन्दै पारदर्शी छानबिनको माग गरेका छन् ।

The current image has no alternative text. The file name is: damak.jpg

उनले उक्त परियोजनासँग सम्बन्धित सम्झौता पनि सार्वजनिक गर्नुपर्ने बताए । दमक नगरपालिका वडा नम्बर ३ मा ४ बिघा १८ कठ्ठा ७ धुर जग्गामा निर्मित यो भ्यू टावर तत्कालीन ओली सरकारको गौरवको योजनाको रूपमा अघि बढाइएको थियो । २०७३ सालमा स्थानीय विकास र पर्यटन प्रवर्द्धनका लागि भन्दै माँ पञ्चकन्य हाउजिङ प्रा।लि।लाई उक्त जग्गा नगरपालिकाले उपलब्ध गराएको थियो ।

तर, हाल कम्पनीले भ्यू टावर निर्माण भएको २ बिघा जग्गा सापटीको रूपमा फिर्ता गरेको र बाँकी २५ कठ्ठा जग्गाको मौद्रिक क्षतिपूर्ति माग्दै स्वामित्व दाबी गरेपछि नयाँ विवाद सिर्जना भएको छ । निर्माणअघि प्रतिकठ्ठा अधिकतम ३ लाख पर्ने जग्गाको मूल्य कम्पनीले अहिले ५० लाखको दरले क्षतिपूर्ति माग गरेको छ । 

मेयाङ्ग्वोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराउँदै नगरपालिका र कम्पनीबीचको सम्झौता नभेटिएको र कम्पनीको क्षतिपूर्ति मागले सार्वजनिक सम्पत्ति गोप्य रूपमा व्यक्तिगत लाभका लागि प्रयोग भएको सङ्केत गरेको बताए । उनले लामो समयदेखि पारदर्शिताको माग गर्दा पनि नगरपालिकाले कुनै कागजात उपलब्ध गराउन नसकेको बताए ।  मेयाङ्ग्वोले कम्पनीले माग गरेको जग्गा र क्षतिपूर्ति दिन नहुने भन्दै सार्वजनिक सम्पत्तिमाथिको अपारदर्शी खेलको विरोध गरे।

प्रतिक्रिया दिनुहोस्