काठमाडौं । दक्षिण कोरियाले अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा थप दुई नेपालीलाई निष्कासन गरेको छ । निष्कासित हुनेमा सुलभ राई र निर्मल कुमार पाण्डे रहेका छन् ।

उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो । राईलाई थाइ एयरको विमान र पाण्डेलाई कोरियन एयरलाइन्सको विमानमार्फत स्वदेश फिर्ता गरिएको छ । यसअघि पनि दक्षिण कोरियाले गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्दै आएको छ । गत जेठमा एकैपटक १० जना नेपालीलाई फिर्ता पठाइएको थियो ।














