Logo
Logo

बूढीराप्ती नदीमा बेपत्ता भएका बालकको शव भेटियो


189
Shares

काठमाडौं । चितवनमा पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका बालकको शव फेला परेको छ ।

बिहीबार मामा घर गएको बेला पौडी खेल्ने क्रममा बूढीराप्ती नदीमा बेपत्ता भएका रत्ननगर नगरपालिका १५, माधवपुर निवासी १५ वर्षीय बालक अनमोल लम्सालको शव भेटिएको हो ।

उनको शव आज बिहान करिब सवा पाँच बजे रत्ननगर नगरपालिका–७ मा पडेरिया पुलबाट करिब २ किलोमिटर पर चित्रसारीतर्फ बाँसघारी नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्