Logo
Logo

केयूकेएलले माग्यो ५४ कर्मचारी


1.1k
Shares

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले कर्मचारी माग गरेको छ । केयूकेएलले आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी ५४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

लोक सेवा आयोगको सहमतिपछि केयूकेएलले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले दरखास्त फाराममा पासपोर्ट साइजको फोटो टाँसी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू आफैँ प्रमाणित गरी आजको २१ दिनभित्र त्रिपुरेश्वरस्थित केयूकेएलको मानवश्रोत विकास शाखामा बुझाउन सक्ने सूचनामा उल्लेख छ ।

यस्तै तोकिएको म्यादपछि सात दिनभित्र पनि दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिने छ । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको भोलिपल्ट पनि दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्