काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देश र जनताको हितमा समर्पित नेता पाउन कठिन भएको बताएका छन् ।

शुक्रवार बागलुङको काठेखोला गाउँपालिका-५, करलिम गाउँमा आयोजित स्व। नेता गोविन्दप्रसाद शर्मा कँडेलको १३औँ दिनको श्रद्धाञ्जली सभामा बोल्दै उनले कँडेलजस्ता त्यागी र निष्ठावान् नेता अब विरलै पाइने उल्लेख गरे ।
श्रद्धाञ्जली सभामा सहभागी हुन नेताहरू कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशी लगायत पुगेका थिए । देउवाले लोकतन्त्रविरुद्ध आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरे । कँडेल २०४८ सालमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद थिए ।











