काठमाडौं । पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा शर्माको निधन भएको हो । शर्माको आज दाहसंस्कार हुने उनका पारिवारिक स्रोतले बताएको छ ।

पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको निर्देशक थिइन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।














