Logo
Logo

गुल्मीमा दुई ठाउँ पहिरो गयो, कालिगण्डकी करिडोर अवरुद्ध


252
Shares

काठमाडौं । पहिरोले गुल्मीको कालिगण्डकी करिडोर सडक फेरि अवरुद्ध भएको छ । आइतबार बिहान कालिगण्डकी गाउँपालिका–६ बर्लवा र वडा १ गरगरे क्षेत्रमा चट्टानसहितको ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

माथिबाट खसेको पहिरोले सडक सम्पूर्ण रूपमा पुरिएकाले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । यसले यात्रु र स्थानीयवासी प्रभावित भएका छन् ।

बाटो खुलाउन प्रहरी टोली खटिएको छ । टोलीले सडक खुलाउने कार्यमा पहल थालेको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्