काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

आइतबार बसेको १७ औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले यस्तो बताएका हुन् ।
नीति तथा कार्यक्रम र बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिबद्धता र सोही बमोजिम क्रियाशिलता आवश्यक हुन्छ,’ मेयर शाहले भने ।
उनले यसअघि प्राप्त साथ, सहयोग र समन्वयका लागि धन्यवाद ज्ञापन पनि गरे । महानगरवासी, नागरिक समाज, विभिन्न तहका नीजि क्षेत्र, महानरगरका जनप्रतिनिधि तथा कर्मचारीको सक्रिय सहभागीता अपेक्षा गर्दै हालसम्म प्राप्त साथ, सहयोग र समन्वयका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ मेयर शाहले भनेका छन् ।
गत शुक्रवार बसेको ४०औँ कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए । राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । आज सोही बराबरको बजेट आज प्रस्तुत हुनेछ ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।











