Logo
Logo

 यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)


504
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै छ । त्यसका लागि नगरसभा बैठक सुरु भएको छ । आइतबारै बिहान बसेको कार्यपालिका बैठकले महानगरपालिकाका लागि आगामी आर्थिक वर्षको २५ अर्ब बराबरको बजेट पारित गरिसकेको छ ।

The current image has no alternative text. The file name is: kathamandu-1.gif

बजेट ल्याउनुअघि राष्ट्रियसभा गृहमा भइरहेको नगरसभा बैठकमा मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएका छन् ।

उनले नगरसभाको बैठकमा १९ बुँदे नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।  नगर सभामा पेश हुनु पूर्व कार्यपालिकाबाट बजेट पास गराउनु पर्ने व्यवस्था छ । त्यही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट आइतबार बिहानै पास गरिसकेको छ ।

गत शुक्रवार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो ।

नीति तथा कार्यक्रम

प्रतिक्रिया दिनुहोस्