काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले विशिष्ट (भीआईपी) र अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूका लागि छुट्टै डेस्क स्थापना गरेको छ ।

यस्ता व्यक्तिहरूको आगमन र प्रस्थान प्रक्रियालाई सरल, सहज, छिटो र सुविधायुक्त बनाउन यो व्यवस्था गरिएको कार्यालयले जनाएको छ । कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आगमन र प्रस्थान गर्ने विशिष्ट तथा अति विशिष्ट महानुभावहरूका लागि अध्यागमन प्रक्रियालाई सहज बनाउन छुट्टै भीआईपीरभीभीआईपी डेस्कको व्यवस्था गरिएको छ ।’
सूचनाअनुसार, भीआईपीरभीभीआईपी डेस्क प्रयोग गर्ने व्यक्तिहरूले अनिवार्य रूपमा अध्यागमन प्रक्रियामा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । ‘नेपाल राजपत्रमा उल्लिखित महानुभावहरूले मात्र यो डेस्क प्रयोग गरी आगमन र प्रस्थान प्रक्रिया सहज बनाउन सकिनेछ,’ कार्यालयले भनेको छ ।











