Logo
Logo

काठमाडौं महानगरले असार ३२ गते बजेट पारित गर्ने


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले अर्को नगर सभा बैठक आगामी असार ३२ गतेका लागि आह्वान भएको छ । चालु आर्थिक वर्षको ०८१/०८२ को प्रगति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्नका लागि बैठक आह्वान गरिएको हो ।

The current image has no alternative text. The file name is: balen-shah.jpg

आइतबार बसेको १७ औँ नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले असार ३२ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान भएको जानकारी दिए । 

‘यस सभामा पेस भएको चालु आर्थिक वर्षको ०८१/०८२ को प्रगति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्ने सन्दर्भमा ०८२ साल असार ३२ गते दिउँसो २ बजे राष्ट्रिय सभा गृहको सभाहलमा बस्नेगरी नगर सभा सञ्चालन ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम आजको बैठक सकिएको घोषणा गर्दछु,’ शाहले भने ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्