Logo
Logo

निजामती विधेयक त्रुटि छानबिन समिति संयोजक पदलाई सभापतिमा परिणत


1.6k
Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रस्तुत भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको विषयमा छानबिन गर्न गठित विशेष समितिको संयोजक पदलाई सभापतिमा परिणत गरिएको छ । 

The current image has no alternative text. The file name is: sabhapati.gif

प्रतिनिधिसभाको आजको बैठकले उक्त समितिको संयोजकलाई सभापति बनाउने सहमति गरेको हो । सभामुख देवराज घिमिरेले समिति गठन भएको मितिदेखि नै संयोजकलाई सभापतिको जिम्मेवारी दिइएको जानकारी दिए । 

सङ्घीय निजामती सेवा विधेयक, २०८० को राज्यव्यवस्था समितिको प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न गत असार २३ गते प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो । उक्त समितिको संयोजक तोकिए पनि सदनभित्रै यसको विरोध भएको थियो । 

राज्यव्यवस्था समितिबाट प्रतिनिधिसभामा पठाइएको निजामती सेवा विधेयकमा अवकाशप्राप्त निजामती कर्मचारीको ‘कूलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा हेरफेर भएको विषयमा छानबिन गर्न यो विशेष समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्