Logo
Logo

प्रधानमन्त्री ओलीलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी


5.9k
Shares

काठमाडौं । स्पेनमा भएको मानव तस्करी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । 

युवराज सफलले आइतबार उक्त उजुरी दर्ता गरेका हुन् । उजुरीमा संयुक्त राष्ट्रसङ्घको ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी १० जना व्यक्ति नेपाल फर्किन असफल भएको उल्लेख छ । यस्तो अवस्थाको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने उजुरीमा दाबी गरिएको छ ।

उजुरीकर्ताले तत्कालीन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोपमा पक्राउ गरी अनुसन्धान गरिएको नजिरलाई आधार बनाउँदै प्रधानमन्त्रीमाथि तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्