Logo
Logo

लन्डनमा उड्नेबित्तिकै विमान दुर्घटना (भिडिओ)


3.9k
Shares

एजेन्सी । लन्डनस्थित साउथएन्ड विमानस्थलमा एउटा विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार आइतबार दिउँसो ४ बजेतिर साउथेन्ड विमानस्थलमा उडेको केही समयपछि नै एउटा व्यावसायिक जेट खसेको हो ।

विमान दुर्घटनाका फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । जसमा विमान उडेलगत्तै खसेर आगो लागेको भिडियोमा देख्न सकिन्छ । दुर्घटनास्थलमा आगो र धुवाँको मुस्लो देखिएको छ ।

विमानमा कति जना सवार थिए र उनीहरुको अवस्था के छ भन्ने विवरण आइसकेको छैन । विमान दुर्घटनाको कारण पनि खुलेको छैन । यो दुर्घटनापछि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ ।

यात्राका लागि टिकट काटेका यात्रुहरूलाई सम्बन्धित विमान कम्पनीहरुलाई सम्पर्क गर्न भनिएको छ । प्रहरीले हवाई दुर्घटना जाँच शाखासँग मिलेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्