Logo
Logo

आज कहाँ-कहाँ छ बाढीको खतरा ?


378
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित देशका विभिन्न ३७ जिल्लामा बाढीको जोखिम रहेको बताएको छ ।

महाशाखाले बुलेटिन जारी गर्दै देशका विभिन्न ३७ जिल्ला भइ बहने साना तथा ठूला नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन भनेको हो । आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तल छ । तर दिउँसो बाढी बढ्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै जिल्लाका दृष्टिले आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ ।

साथै आज इलाम, झापा, पाँचथर, तेर्हथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम नै रहेको बाढी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्