Logo
Logo

घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्री बालुवाटारमा


1.4k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तासँग छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि उनी केहि बेरअघि बालुवाटार पुगेका हुन् ।

मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि गुप्तालाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्रीले बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्