Logo
Logo

मधेशको बजेटमा लफडा : दुईथरी रेडबुक, विपक्षी दलले गरे सदन बहिष्कार


378
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट र रेडबुकमा आपत्ति जनाउँदै प्रतिपक्षी दल जसपा नेपालले संसद बहिष्कार गरेको छ ।

प्रदेशसभा सदस्यहरुलाई बाँडिएको बजेट पुस्तिका र अर्थ मन्त्रालयको बजेट पुस्तिकाको विवरण फरक–फरक देखिएपछि जसपा नेपालका सांसदहरुले पदेशसभा बैठक बहिस्कार गरेका हुन् । आज सभामुख रामचन्द्र मण्डलले संसद सुरु गरेलगत्तै जसपा नेपालका सांसदहरूले उभिएर विरोध जनाए ।

जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले बजेटमा बिचौलिया हाबी भएको कुरा आएपछि त्रुटि सच्याउन कार्यदल गठन भए तर रेडबुक नै संसदलाई छलेर ल्याएको कुरा बाहिर आएकाले अब अर्थमन्त्री सुनिल यादवको राजीनामा दिनुपर्ने माग गरे ।

उनले अर्थमन्त्रीले राजीनामा नदिएसम्म संसदमा नबस्ने घोषणा गरे । उनले आफ्नो भनाई राखेपछि जसपा नेपालका सांसदहरूले संसद बहिष्कार गरेका हुन् ।

यता, सभामुख मण्डलले भने संसद सञ्चालन गरिरहेका छन् । अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेका थिए । असार ११ गते सांसदहरुलाई बजेटको रेडबुक (रातो किताब) बाँडिएको थियो । सांसदहरुलाई बाँडिएको रेडबुक ४६१ पेजको थियो ।

तर विपक्षी दलको माग अनुसार गठन भएको बजेट छानबिन कार्यदललाई अर्थ मन्त्रालयले उपलब्ध गराएको रेडबुकको विवरण भने ७५५ पेजको रहेको पाइएको जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बताए ।

उनले भने, ‘मन्त्रालयले उपलब्ध गराएको बजेट पुस्तिका र सांसदलाई उपलब्ध गराएको बजेट पुस्तिकामा २९४ पेजको अन्तर देखिएकाले बजेटमा ठूलो गडबडीको आशंका गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्