Logo
Logo

मन्त्रीत्रय लेखक, अधिकारी र गुप्तालाई कारबाही गर्न रास्वपाको माग


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई कारबाही गर्न माग गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका सांसद अशोकुमार चौधरीले गृहमन्त्री रमेश लेख, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि प्रश्न उठेको भन्दै कारबाहीको माग गरे ।

उनले भने, ‘गृहमन्त्री रमेश लेखक, भूमिसुधारमन्त्री बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि लागेका गम्भीर आरोपबारे किन छानबिन गरिएको छैन ? यदि उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्तै कारबाही गरियोस् ।’

भिजिट भिसा प्रकरणको विषय उठाएर रास्वपाले गत जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आइरहेको छ । पछिल्लो समय मन्त्री गुप्ताले घुस डिल गरेको भन्दै उनको स्वरसँग मिल्दो अडियो सार्वजनिक भएपछि रास्वपाले गृहमन्त्री लेखकसँगै अन्य मन्त्रीमाथि पनि प्रश्न उठाएर कारबाहीको माग राखेको हो ।

उनीहरुमाथि उठेका प्रश्नको निश्पक्ष छानबिन नहुँदासम्म संसदको कामकारबाहीमा सहभागी नहुने रास्वपाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्