Logo
Logo

एमालेकै सांसदले मागे संघीय मामिलामन्त्री गुप्ताको बर्खास्ती


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिनको माग गरेका छन् । 

The current image has no alternative text. The file name is: gupta.jpg

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले मन्त्री गुप्तामाथि लागेको घुस सम्बन्धी आरोपको अडियो सार्वजनिक भएको उल्लेख गर्दै सरकारको मौनताप्रति प्रश्न उठाए ।

 उनले भने, ‘मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सबैले सुनेका छन्, तर सरकारले नसुने जस्तो गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्छु, मन्त्री गुप्तालाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्