Logo
Logo

‘साम्बाला’ बन्यो २०८१ को उत्कृष्ट चलचित्र


441
Shares

काठमाडौं । मीनबहादुर भाम निर्देशित चलचित्र साम्बाला २०८१ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डद्वारा प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार-२०८१ मा साम्बाला ले उत्कृष्ट चलचित्रको पुरस्कार जितेको हो ।

The current image has no alternative text. The file name is: sambala.gif

सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरे । उत्कृष्ट निर्देशकको पुरस्कार पनि साम्बाला कै निर्देशक मीनबहादुर भामले प्राप्त गरेका छन् । 

उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारङ्गी बाट विजय बरालले र उत्कृष्ट अभिनेत्रीको पुरस्कार खुस्मा बाट उपासना सिंह ठकुरीले जितेका छन् ।पटकथातर्फ छक्का पञ्जा ५ बाट दीपक राज गिरी र छायांकनतर्फ पीताम्बर बाट पुरुषोत्तम प्रधान पुरस्कृत भए । 

नेवारी चलचित्र लगायबन ले आदिवासी जनजातितर्फ उत्कृष्ट चलचित्रको पुरस्कार प्राप्त गरेको छ भने दिनेश राउत निर्देशित पुजार सार्की ले जुरी अवार्ड हासिल गरेको छ । सबै विधाका विजेतालाई नगद २५ हजार र ट्रफी प्रदान गरिएको छ । यसैगरी, निर्देशक लक्ष्मीनाथ शर्मालाई ३ लाख ७५ हजार नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्