Logo
Logo

काठमाडौं महानगरपालिका पूर्वप्रमुख श्रेष्ठको मुटुको शल्यक्रिया गरिँदै 


6.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका पूर्व प्रमुख राजाराम श्रेष्ठ बाँसबारीस्थित गङ्गालाल अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य समस्या देखिएपछि उनलाई गत मङ्गलवारदेखि सो अस्पतालमा भर्ना गरिएको हो । उनको मुटुका रक्त प्रवाह नलीमा समस्या देखिएकाले थप उपचार र चिकित्सकको निगरानीमा राखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अग्रज नेता श्रेष्ठको आगामी साउन १ गते मुटुको सल्यक्रियाको तयारी गरिएको छ । उनको उपचारमा डा रामेश कोइराला नेतृत्वको टोली खटिएको छ । उनको स्वास्थ्य अवस्था बुझ्न राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन, महामन्त्री धवलशम्शेर राणा, पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पार्टी नेता कृष्णमान बज्राचार्य, अन्जु केसीलगायत नेताहरू अस्पताल पुगेका छन् । 
 
पछिल्लो समय राजनीतिमा निष्क्रिय नेता श्रेष्ठ विभिन्न सामाजिक सङ्घ संस्थामार्फत मुलुकको आर्थिक विकास तथा सामाजिक रूपान्तरणमा क्रियाशील छन् । उनी नेपाल आँखा अस्पतालको कार्यकारी सदस्य समेत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्