Logo
Logo

३००० वर्षअघि सुनसरीको चतरामा ऋषि सुश्रुतले शल्यक्रिया अभ्यास थालेका ओलीको दाबी 


882
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन हजार वर्षअघि सुनसरीको चतरामा ऋषि सुश्रुतले शल्यक्रिया (सर्जरी) अभ्यास थालेको नयाँ दाबी गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटनका क्रममा सयौँ चिकित्सकमाझ भाषण दिँदै तीन हजार वर्षअघि सुनसरीको चतरामा ऋषि सुश्रुतले शल्यक्रिया (सर्जरी) अभ्यास थालेको उनले नयाँ दाबी गरेका हुन् ।

योगादेखि चिकित्सकीय पद्धति नेपालमै उत्पत्ति भएको बताउने गरेका ओलीले नेपालको चिकित्सा विज्ञानको इतिहास विश्वकै पुरानो भएको बताए ।  ‘तीन हजार वर्षअघि अहिलेको सुनसरी जिल्लाको चतरामा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए, सफल शल्यक्रिया गरेका थिए,’ उनले दुई जना मन्त्री र सयौँ स्वास्थ्यकर्मीमाझ सुनाए, ‘खेल्ने क्रममा साथीको औँला चुँडिएपछि ऋषि सुश्रुतले सर्जरी गरेर जोडिदिएका थिए । यो नेपालमा सफल शल्यक्रियाको पुरानो उदाहरणका रूपमा छ ।’

ओलीले चतरामा अनुसार जनसङ्ख्या थोरै हुँदा ऋषि सुश्रुत विस्तरमा सेवा दिन भारतको वाराणसी (बनारस) गएका बताए । ‘ऋषि सुश्रुत जहाँ रहे पनि मानव सेवामै जीवन समर्पण गरे,’ त्यस क्रममा पौराणिक समयको कुरा सुनाउँदछे भने ।

प्रधानमन्त्री ओलीले २०७८ सालतिर पनि सुनसरीको चतरामा प्रस्तावित सप्तकोशी उच्च बाँधको सन्दर्भमा यस्तै दाबी गरेका थिए ।

ओलीले शिक्षण अस्पतालमा लामो सम्बोधन गर्दै पाणिणिबारे पनि व्याख्या गरे । ‘पाणिनीलाई चरकका सन्तान मानिन्छ । चरक अर्घाखाँची भएकाले पाणिनी पनि त्यहीँकै थिए’, उनले भने, ‘प्राचीन कालका वैज्ञानिक पनि ‘प्रोफेसर’ थिए । त्यस समयका ऋषि पनि शिक्षाविद्हरू जस्तै थिए ।’

सम्बोधनमा ओलीले चिकित्सा विज्ञानका जनक हिप्पोक्रेटस पनि २४ सय वर्षअघि जन्मिएको जिकिर गरे । ‘एलोपेथिक चिकित्सा विज्ञानका जनक मानिने हिप्पोक्रेटस करिब २४ सय वर्षअघि जन्मिएका थिए’, उनले भने, ‘नेपालमा त त्यसभन्दा ६ सय वर्षअघि नै सर्जरीको अभ्यास भइसकेको थियो ।’

प्रतिक्रिया दिनुहोस्