Logo
Logo

तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता


504
Shares

दार्चुला  । तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । 

The current image has no alternative text. The file name is: file-photo.gif

दिउँसो १२ बजे दुम्लिङबाट तुइनमार्फत महाकाली नदी तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुडिँदा महाकाली नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

नारायणसँगै २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए । नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए । त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । 

उक्त घट्नापछि जितु र नारायणसँगै गएका जयदुले भने तुइन चढ्ने प्रयास नै गरेनन् । बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्