Logo
Logo

‘न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न ओली क्याबिनेटमा जानू’


819
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अडियो प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘मन्त्रीलाई तत्काल पक्राउ गरियोस्, छानबिन गरियोस् । अन्य मन्त्रीमाथि पनि छानबिन गरियोस् ।’ भ्रष्टाचार गरेको व्यक्तिले राजीनामा गर्दैमा उन्मुक्ति पाउन नमिल्ने उनको भनाइ छ ।

उनले एउटा उखान उल्लेख गर्दै भने, ‘पहिले–पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू । खुलमखुल्ला अडियो टेप प्रकरणमा मन्त्री क्वार्टरमा पैसा दिएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ?’, उनले भने ।

शाहीले प्रधानमन्त्री केपी ओलीलाई आरोपित गरेको भन्दै एमाले सचेतक सुनिता बरालले नियमापत्ति गर्दै अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्