Logo
Logo

भक्तपुर मालपोत कार्यालयका कर्मचारी घुस लिँदै गर्दा रंगेहात पक्राउ 


2.5k
Shares

काठमाडौं । भक्तपुरको मालपोत कार्यालयका कर्मचारी घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई पक्राउ गरेको हो ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

उनीहरूले मोही तल्सिङको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट २४ लाख ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । 

भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गाको मोही तल्सिङ लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी पुर्जा बनाइदिने प्रयोजनका लागि उनीहरूले घुस मागेको अख्तियारले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट २ थान मोबाइलसमेत जफत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्