Logo
Logo

बोर्डमा हानेको तीर मान्छेलाई लागेपछि…


3.6k
Shares

काठमाडौं । तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित खेल मैदानको बोर्डमा तीर हान्ने अभ्यासका क्रममा एक जना घाइते भएका छन् ।

सोमबार करिब ३ बजेतिर काठमाडौं–१६, माछापोखरी बस्ने २४ वर्षीय रितिक छन्त्यालले खेल मैदानको बोर्डमा तीर हानेका थिए । तर, त्यो तीर बोर्डतिर नगएर मनमैजु बस्ने ४१ वर्षीय हरिप्रसाद घर्तीलाई लागेको थियो ।

उनी घाइते भए लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज गरिएको थियो । उनको घाँटीको दाइने भागमा तीर गाडिएको छ । तीर हान्ने रितिक अहिले प्रहरी वृत्त, बालाजुको नियन्त्रणमा छन् । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्