Logo
Logo

पहिरोले पुरिएर श्रीमान श्रीमतीको मृत्यु


945
Shares

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा पहिरोले पुरिँदा दुई जनाको ज्यान गएको छ । बिहान करिब ९ बजे घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोविन्द बुढामगर र उनकी ६७ वर्षीया श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।

The current image has no alternative text. The file name is: mirtu_death.jpg

उनीहरू रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएका थिए। तर निर्धारित समयमा घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। स्थानीयवासीहरूको सहयोगमा गरिएको खोजतलासका क्रममा उनीहरू सुक्खा पहिरोमा पुरिएको अवस्थामा फेला परेका थिए ।

ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याइँदैछ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्