Logo
Logo

घुस रकमसहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर


2.1k
Shares

काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एकलाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कल्याणपुरस्थित पालिकाको कार्यालयबाटै नगरप्रमुख साहलाई घुस रकमसहित पक्राउ गरेको हो ।

उनले कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो ।

अहिले अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगरप्रमुख साहलाई सोधपुछ गरिरहेको छ ।
कानूनी प्रक्रिया (मुचुल्का) तयार पारेर थप अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको कार्यालय बर्दिबास लगिने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्