Logo
Logo

आज इलामसहित २७ जिल्लामा बाढीको जोखिम


315
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २७ जिल्लामा बाढी आउने सम्भावना रहेको बताएको छ ।

महाशाखाले बुलेटिन जारी गर्दै इलाम, सिन्धुपाल्चोक लगायत २७ जिल्लामा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै ती जिल्ला भइ बहने साना तथा ठूला नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज इलाम, झापा, मोरङ, धनकुटा, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, रुकुम पश्चिम, जाजरकोट, दाङ, सल्यान, सुर्खेत, दैलेख, अछाम, कैलाली, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ ।

त्यस्तै आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ । तर बढ्ने सम्भावना रहेको भन्दै अलर्ट जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्