Logo
Logo

केरूङमा अलपत्र १२ सय नेपालीलाई स्वदेश फर्काइँदै


945
Shares

काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलाको बाढीले रसुवागढीको मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको जानकारी दिए ।

केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्