Logo
Logo

एमाले सचिवालय बैठक सुरु, विधान महाधिवेशनबारे छलफल हुँदै


378
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक पार्टी मुख्यालय, च्यासलमा सुरु भएको छ । एमाले कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार बैठक करिब एक घण्टा ढिलो गरि सुरु भएको हो । यो बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुँदै छ ।

पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्ने गरी एमालेले आवश्यक तयारी गरिरहेको छ । यस्तै त्यही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । 

सचिवालय बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने कार्यालय सचिव डा। अधिकारीले जानकारी दिए ।  यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्