
काठमाडौं । नेकपा एमालेले पदाधिकारी संख्या घटाउने निर्णाय गरेको छ । बिहीबार मध्यरातमा सम्पन्न एमाले सचिवालय बैठकले पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने निर्णय गरेको हो ।
तर, १५ पदाधिकारीमा अध्यक्ष र महासचिवबाहेक अरू पद के कसरी निर्धारण गर्ने भन्नेबारेमा भने निर्णय गरिएको छैन । त्यस्तै बैठकले चर्चामा रहेको ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था र सचिवालयको अवधारणा पनि हटाएको छ ।
जसअनुसार अब एमाले स्थायी कमिटी, पालिटब्युरो र केन्द्रीय कमिटी मात्र रहने पार्टी उपाध्यक्ष गुरु बरालले जाानकारी दिए । उनका अनुसार लामो छलफलपछि नेताहरू ती विषयमा सहमतिमा पुगेका हुन् ।
आगामी राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय निकायका रूपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने निर्णय भएको बरालले बताए ।














