
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण आयोगमा उजुरी दिने भएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपाले सबै प्रकारका भ्रष्टाचारहरूको छानबिन र राजनीतिक नेतृत्व समेतलाई कारबाहीको माग गर्दै अख्तियार र सम्पत्ति शुद्धिकरण कार्याालयमा उजुरी दिने तयारी गरेको हो ।
२०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माँग गर्दै दुई निकायमा उजुरी दिन जाने तयारी भएको राप्रपाले जनाएको छ ।
असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रूपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।














