Logo
Logo

विद्या र शेखरबीच भेटवार्ता, के भयो कुराकानी ?


3.8k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबिच भेटवार्ता भएको छ । नेता कोइरालाले आज बिहान भंगाल पुगेर पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन् ।

पूर्वराष्ट्रपति भण्डारी र नेता कोइरालाबीच एक घण्टा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । उनका अनुसार पूर्वराष्ट्रपति भण्डारी र कोइरालाबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।

भेटमा डा.कोइरालाले आफूले भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा आवाज उठाउँदै आएको जानकारी दिँदै त्यसमा साथ दिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए । वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण गर्न सोचे जति नसकेको उनको भनाइ थियो ।

त्यसपछि पूर्वराष्ट्रपति भण्डारीले सुशासनको पक्षमा हुने प्रयासमा आफ्नो साथ रहने बताइकी थिइन् । उनले आफू अब सक्रिय राजनीतिमा आउन लागेकाले डा.कोइरालासँग साथ र समर्थन मागेकी थिइन् । सक्रिय राजनीतिमा आउने घोषणा गरेसँगै पूर्वराष्ट्रपति भण्डारीले नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्