Logo
Logo

१० वर्षभित्र नेपाललाई यूरोपका मुलुकको अवस्थामा पुर्‍याउँछौँ : बामदेव गौतम


1.1k
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर नेपाललाई यूरोपका मुलुकको अवस्थामा पुर्‍याउँने बताएका छन् । एकीकृत समाजवादीसँगको एकता कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले नेपालीहरू मागेर नभई संसारलाई पाल्नसक्ने अवस्थामा पुग्ने दाबी गरे ।

The current image has no alternative text. The file name is: bamdev-1.gif

लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माण गर्ने चरणमा छौँ । त्यो भएपछि १० वर्षमा हामी यूरोपियन मुलुकको अवस्थामा पुग्नेछौँ । हामी मागेर खाने अवस्थामा होइन कि अरूलाई दिने अवस्थामा पुग्नेछौँ,’ गौतमले भने, ‘हामी संसारका मगन्ते होइनौँ, संसारलाई पाल्नसक्ने अवस्थामा पुग्नेछौँ । यो देश हाम्रो हो । यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो । त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो ।’

उनले आफू ४ वर्ष अघि नै एकीकृत समाजवादीमा आएको भए अहिलेसम्म समाजवाद सुरु भइसक्ने जिकिर पनि गरे । ४ वर्ष पहिला म आउन पाएको भए, यो समाजवाद निर्माण सुरु हुन्थ्यो । म लागेपछि समाजवाद सुरु हुन्छ ।  म एक्लै होइन, तपाईँहरूसँगै लाग्ने हो । एकपटक पार्टीले निर्णय गरेपछि हुन्छ,’ गौतमको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्