Logo
Logo

विचार, सिद्धान्त र भावना मिल्नेहरूसँग एकताबद्ध भएर अघि बढ्न तयार छौँ : माधव नेपाल


252
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयासमा आफूहरू सक्रिय रहेको बताएका छन् । वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँगको पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले अन्य राजनीतिक समूहहरूसँग पनि छलफल भइरहेको जानकारी दिए ।

The current image has no alternative text. The file name is: madhab.gif

उनले भने, “हामी एकताबद्ध भएर अघि बढ्न चाहनेहरूसँग सहकार्य गर्दै आएका छौँ । सहकार्य मात्र होइन, समाजवादी मोर्चा पनि गठन गरेका छौँ, जसमा हाम्रो पार्टी, माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र नेसपा सहभागी छन् । यी समूहहरूसँग साझा मुद्दामा आन्दोलन गर्दै अघि बढिरहेका छौँ। विचार, सिद्धान्त र भावना मिलेमा यस्ता समूहहरूसँग एकताबद्ध भएर अघि बढ्न तयार छौँ ।”

उनले पार्टी एकताभन्दा पहिले आफ्नै पार्टीलाई सुदृढ बनाउनु प्राथमिकता रहेको समेत उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्