Logo
Logo

तस्करसँग पैसा मागेको आरोपमा प्रहरी सई निलम्बित 


9.1k
Shares

काठमाडौं । सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हिरापुरका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) बैद्यनाथ दास तस्करसँग पैसा मागेको आरोपमा निलम्बनमा परेका छन् ।  

तस्करसँग मोलमलाइ गरेको टेलिफोन संवाद सार्वजनिक भएपछि दासलाई निलम्बन गरिएको हो । शुक्रवार बिहान मोलमोलाइको संवाद बाहिरिएपछि दासलाई इलाका प्रहरी कार्यालय बरहथवामा झिकाइएको थियो ।

तस्कर र प्रहरी नायब निरीक्षक दासबीच भएको टेलिफोन अडियोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सार्वजनिक अडियोमा प्रहरी नायब निरीक्षक दासले एक जना तस्करसँग तस्करी कार्यमा सघाउन १८ हजार रुपैयाँ माग गरेको सुनिन्छ । सई दास यसअघि पनि पर्सा जिल्लामा कार्यरत रहँदा २०७७ साल मङ्सिर ५ गते तस्करसँग घुस लिएको आरोपमा निलम्बनमा परेका थिए ।

दासको करिब एक वर्षपछि पाँच वर्ष बढुवा रोक्का गरी पुनः कारबाही फुकुवा भएर जागिरमा जोडिए । सई दास करिब ८ महिनादेखि हिरापुरमा आफ्नो प्रभाव जमाएर बसेका थिए । हिरापुर भारतसँग सीमा जोडिएको नाका भएकाले प्रहरीसँगको मिलेमतोमा तस्करी हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्