Logo
Logo

काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ जना घाइतेका 


441
Shares

काठमाडौं । भ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८, पौवास्थित भित्री सडक खण्डमा शनिवार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार ब्रेक फेल भएका कारण बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको बताइएको छ । 

The current image has no alternative text. The file name is: Accident.jpg

रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदै  गरेको बा ३ ख ८४०८ नम्बरको बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ  । बस घटनास्थलमै रहेको र चालकलाई प्रहरीलाई नियन्त्रणमा लिइएको  छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्