Logo
Logo

एमालेको अर्को कार्यकाल पनि केपी शर्मा ओलीले नै सम्हाल्नुपर्छ : महेश बस्नेत


1.6k
Shares

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको नेतृत्व आगामी कार्यकालमा पनि केपी शर्मा ओलीले नै सम्हाल्नुपर्ने प्रस्ताव राखेका छन् ।

The current image has no alternative text. The file name is: Mahesh-Basnet-Photoroom.png-Photoroom.png

शनिवारको बैठकमा उनले यो धारणा व्यक्त गरेका हुन् । बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयमा केन्द्रीय कमिटीबाट निर्णय हुनुपर्ने बताए । उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रस्ताव सार्वजनिक गर्दै भने, ‘एमालेभित्र नेतृत्व र पार्टीको पक्षमा उभिँदा असक्षमको ट्याग लगाउने र खुइल्याउने प्रवृत्ति बढेको छ । हाल अध्यक्षको विकल्प तयार नभएकाले आगामी कार्यकाल पनि केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्छ ।’

उनले भण्डारीको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत र प्रक्रियागत विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए । ‘पूर्वराष्ट्रपतिको हैसियतमा उनको सदस्यता नवीकरणको प्रक्रिया के हुने ? नयाँ सदस्यता आवश्यक छ कि छैन ? यस्ता गम्भीर विषयमा केन्द्रीय कमिटीले नै निर्णय गर्नुपर्छ,’बस्नेतले भने ।

उनले राष्ट्रपतिको गरिमा र सक्रिय राजनीतिमा फर्कने प्रक्रियामा गल्ती हुन नहुनेमा जोड दिए । ‘सक्रिय राजनीतिमा फर्कँदा मर्यादामा आँच आउने प्रक्रियागत त्रुटि गर्नुहुँदैन, यो लोकतन्त्र र आन्तरिक जनवादसँग मेल खाँदैन,’ उनले भने । बस्नेतले पार्टीको ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकालको मापदण्डबारे पनि टिप्पणी गरे । उनले विधानलाई जालझेल र षड्यन्त्रको आरोपबाट जोगाउन क्षमता र योग्यताका आधारमा नेता चयन गर्ने संस्कृति विकास गर्नुपर्ने बताए । ‘हटाउने प्रस्ताव सचिवालयले ल्याएको छ, त्यसलाई पास गरौं,’ उनले भने । साथै, उनले भण्डारीलाई वैकल्पिक नेताको नाममा गुट बनाएर पार्टी कमजोर पार्ने खेल बन्द गर्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्