Logo
Logo

एमाले पोलिटब्युरो बैठक सम्पन्न : विधान संशोधन प्रस्ताव पारित


2k
Shares

काठमाडौं । नेकपा एमालेको दुईदिने पोलिटब्युरो बैठक सकिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उपाध्यक्ष विष्णु पौडेलले सचिवालयमा पेस गरेको र संशोधनपछि आएको विधान संशोधन प्रस्ताव पारित भएको छ।

The current image has no alternative text. The file name is: yamale-2.gif

संशोधित प्रस्तावमा ७० वर्षे उमेरहद हटाइएको, नेतृत्वमा दुई कार्यकालको सीमा हटाइएको, १५ सदस्यीय पदाधिकारी रहने र वरिष्ठ उपाध्यक्षको व्यवस्था नरहने प्रावधान समावेश छन् । बैठकमा पदाधिकारीबाहेक ६८ जनाले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्