Logo
Logo

बुद्धचित्त चोर्न गएका समूहले धनीमाथि खुकुरी प्रहार गरे, तीन जना पक्राउ


3.9k
Shares

काठमाडौं । ललितपुरमा बुद्धचित्तको दाना चोरी तथा घरधनीलाई खुकुरी प्रहार गर्ने तीन जना पक्राउ परेका छन् ।

गएराति गोदावरी नगरपालिका–७ गुरूङचुले गैरीडोलीमा बुद्धचित्तको दाना चोरी गर्न पुगेका समूहले घरधनी कृष्णबहादुर मार्फामाथि खुकुरी प्रहार गरेर बुद्धचित्तको दानासहित फरार भएका थिए ।

उक्त समूहले सिसिटिभीको तार काटेर बुद्धचित्तको दाना टिप्दै गर्दा कुकुर भुकेपछि घरबाहिर निस्किएका घरधनी मार्फामाथि खुकुरी प्रहार गरेका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले घरधनीमाथि खुकुरी प्रहार गरेर फरार रहेका तीन जनालाई आज बिहान पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेका छन् । उनीहरुको साथबाट बुद्धचित्तको हरियो दानासमेत बरामद गरिएको छ ।

उक्त समूहको खुकुरी प्रहारबाट बुद्धचित्त धनीको दायाँ हातमा चोट लागेको छ । आनन्दवन अस्पतालमा उपचारपछि मार्फ अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रहरी वृत्त चापागाउँले यस घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्