Logo
Logo

पदाधिकारी हेरफेर अद्यावधिकबारे रास्वपाद्धारा निर्वाचन आयोगको ध्यानाकर्षण


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीसहित नेताहरूले निर्वाचन आयोगको पार्टी पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिकबारे ध्यानाकर्षण गराएका छन् । पार्टी पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिकबारे ध्यानाकर्षण गराउन रास्वपा नेताहरू आइतबार दिउँसो आयोग पुगेका हुन् ।

The current image has no alternative text. The file name is: kabindra.gif

रास्वपाले २०८१ साउन १७ गते केन्द्रीय समितिबाट पदाधिकारी हेरफेर भएको भन्ने जानकारी निर्वाचन आयोगलाई बुझाएको थियो । तर, उक्त विवरण निर्वाचन आयोगले अहिलेसम्म पनि अद्यावधिक नभएको बताएपछि नेताहरू आयोग पुगेका हुन् ।

यसअघि रास्वपाका गोविन्दप्रसाद पन्त, सितलचन्द्र धरेल, कैलाशबाबु सिलवाल, रामप्रसाद शिवाकोटीले रास्वपाले पठाएको विवरण आयोगबाट अद्यावधिक नभएकोमा सूचना माग गरेका थिए ।

त्यसबारे गत असार २७ गते आयोगले पत्र लेख्दै डा.मुकुल ढकाललाई अनुसनात्मक कारबाही भएको पर्याप्त प्रमाण पेस हुन नआएको भन्दै जेठ २९ मा पत्राचार गरिएको र असार ८ मा कारबाही कागजात उपलब्ध भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्