Logo
Logo

पत्रकारिताको नाममा भइरहेको अराजकता रोक्नुपर्छ : रेखा शर्मा


756
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले पत्रकारिताको नाममा भएका अराजकता रोक्नुपर्ने  बताएकी छन् । आइतबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शर्माले सञ्चारमाध्यम आफैँ स्वनियमनमा जानुपर्ने बताइन् । 

The current image has no alternative text. The file name is: Rekha-sharma-1.jpg

उनले भनिनन्, ‘सकेसम्म स्वनियमनमा जानुपर्छ, पत्रकारहरू आफैँ आफ्नो आचारसंहितामा जानुपर्छ । सबैका संस्कार, आचरण, सबैका नकारात्मक कुराहरूमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भयो भने त्यसले समाजमा राम्रो गर्दैन ।’

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी शर्माले सबै खाले सञ्चारमाध्यमलाई समेट्न सक्ने नियामक निकाय आवश्यक धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्