Logo
Logo

काठमाडौं महानगरको छात्रवृत्ति : उत्तीर्ण १० हजार विद्यार्थीमध्ये ४ हजार ४९९ जनाले छात्रवृत्ति पाउने 


1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि लिएको परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । शनिवार सम्पन्न परीक्षाको नतिजा आज आइतबार सार्वजनिक गरेको हो । परीक्षामा १४ हजार १७३ जना विद्यार्थी सहभागी भएका थिए ।

The current image has no alternative text. The file name is: Exam-Student.jpg

उत्तीर्ण परीक्षार्थीमध्ये ४ हजार ४९९ जना विद्यार्थीले छात्रवृत्तिको पाउने छन् ।  शिक्षा सङ्कायमा २५ वटा कोटा रहेकोमा ९ जाना छात्रा र १० जना छात्र गरी १९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

मानविकी सङ्कायमा ११९ कोटा रहेकोमा ४ छात्रा र २ छात्र ६ जना उत्तीर्ण भएका छन् । कानुनमा १०५ जनाको कोटा रहेकोमा ७३ छात्रा र ६२ छात्र गरी १३५ जना उत्तीर्ण भएका छन् ।

व्यवस्थापनमा २ हजार ३१९ जनाको कोटा रहेकोमा ६९० छात्रा र १ हजार २६७ छात्र गरी १ हजार ९५७ जना उत्तीर्ण भएका छन् । विज्ञानमा १ हजार ९३१ जनाको कोटा रहेकोमा ८ हजार ७५० जना उत्तीर्ण भएका छन्। विज्ञातर्फ उत्तीर्णमध्ये ३ हजार २८८ छात्रा, ५ हजार ४६० छात्र र २ जना अन्य छन् ।

उत्तीर्ण विद्यार्थीले काठमाडौं महानगरभित्रका १६१ वटा संस्थागत ९निजी० विद्यालयमध्ये आफूले आवेदन भर्ने समयमा प्रथमिकताको आधारमा राखेका विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् । यसको लागि विषय पनि पहिले आवेदन भर्दा छनोट गरिएको नै हुनेछ ।

नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योग गर्न पाउनेछन् । त्यसका लागि साउन ५ गतेसम्म पुनर्योगका लागि निवेदन दिन पाइने छ । पुनर्योगको नतिजा प्रकाशनपछि मात्र परीक्षामा उत्तीर्ण विद्यार्थीको नाम महानगरको शिक्षा विभागले नामांकनको सूची प्रकाशन गर्नेछ । कुन विद्यालयमा कति नम्बरमा परेको छ भन्ने त्यसपछि मात्र यकिन हुनेछ ।

पहिलो नामाङ्कन भएपश्चात् तीन दिनसम्म उनीहरूले कलेजमा भर्ना हुने म्याद पाउनेछन् । तीन दिनमा भर्ना नभएर बाँकी रहेका कोटाका लागि दोस्रोपटक नामाङ्कन गरिन्छ । दोस्रो पटकबाट पनि खाली रहेका सिटमा कसैले आफ्नो विषय परिवर्तन गर्न चाहेमा तिनलाई समावेश गरिने छ । 

प्रतिक्रिया दिनुहोस्