Logo
Logo

संघीय निजामती सेवा विधेयक : राष्ट्रियसभामा परे १६ संशोधन प्रस्ताव


1.7k
Shares

काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रियसभामा १६ ओटा संशोधन प्रस्ताव परेका छन् । ४३ सांसदले १६ संशोधन प्रस्ताव दर्ता गरेका हुन् । 

The current image has no alternative text. The file name is: rastiyasabha-1.gif

कुन– कुन सांसदले संशोधन हाले र के के विषयमा संशोधन हाले भन्ने विषय सोमबार मात्रै जानकारीमा आउने राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले जनाएको छ । अहिले दर्ता भएका संशोधनलाई एकीकृत गर्ने काम भइरहेको छ । 

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको विधेयकमा प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको भन्दै चर्को विवाद भएको छ । 

विधेयकमा कुलिङ अफ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाले कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा ७ सदस्यीय संसदीय विशेष छानबिन समिति बनाएर समितिले काम सुरु गरिसको छ । 

प्रतिक्रिया दिनुहोस्